Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा  कांग्रेस विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा  नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका  उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल  विजयी भएका हुन्। 

    कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल  निर्वाचित भइन्।

     प्रमुखमा निर्वाचित जोशीले  ३६१९   मत ल्याए।  उनका प्रतिद्वन्दी भट्टले  ३४२६  मत पाए।  नेकपा एकीकृत समाजवादीकि संगिता भण्डारीले ७६७  मत ल्याइन्।

    उपाध्यक्षमा विजयी झुकालले  ३६७८ मत ल्याएर विजयी  भइन्। उनकी प्रतिद्वन्दी यज्ञराज भट्टले   ३०८५ मत पाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार