Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा गठबन्धनका केसी विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । 

    गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् । 

    उनका निकतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् ।

    माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।

    उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार