Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जित निकाले


    मंगलबार, जेष्ठ ३ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उमेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएको छ । 

    सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे ।

    निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए । तेस्रो स्थानमा रहेको  कांग्रेसका वडाध्यक्षका नवराज कुशवाहाले ३४४ मत प्राप्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार