Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरमा मतान्तर फराकिलो पार्दै आचार्य, ९ सयको अन्तर


    मंगलबार, जेष्ठ ३ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । 

    पोखरा महानगरमा अहिलेसम्म १७७३० मतगणना भएको छ । जसमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले ७०८७ मत प्राप्त गरेका छन् । आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले ६२०८ मत ल्याएका छन् ।आचार्यले थापा भन्दा ८७९ मत बढी ल्याएका छन् ।

    आचार्यले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । एमालेले आफ्नो पकड भएका वडाहरुमा मतगणना हुन बाँकी रहेको दाबी गर्दैआएको छ । तथापि एमालेका प्रदेश सांसद राजीव पहारीका पीएको अडियो प्रकरणपछि भने एमालेभित्र अन्तर्घात भएको भन्दै कारबाही हुनुपर्ने दबाब बढेको छ ।

    पोखराको उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले अग्रता लिएकी छन् । उनले ७३२१ मत पाएकी छन् भने एमालेकी मन्जु गुरुङले ७०६७ मत ल्याएकी छन् । उपमेयरमा गुरुङभन्दा रानाभाट २५४ मतले अघि छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार