Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादीको बिजय जुलुसमा एमालेको आक्रमण, दर्जनौं घाइते


    सोमबार, जेष्ठ २ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दोलखा । दोलखाका अधिकांश पालिकामा पराजित हुने संकेत देखिएपछि हतास भएको एमाले नेकपा समाजवादीको बिजय जुलुसमा आक्रमणमा उत्रिएको छ । पूर्वमन्त्री पार्वत गुरुङको घर भएको गौरीशंकर गाउँपालिकामै गठबन्धनले जित्ने भएपछि एमाले आक्रमणमा उत्रिएको छ ।

    दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. २ मा नेकपा एकीकृत समाजवादीले बिजय हासिल गरेपछि आयोजना गरिएको बिजय जुलुसमा नेकपा एमालेका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । मेलुङमा समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवारलाई गठबन्धनले समर्थन गरेकाले एमाले पराजीत हुने भएपछि आत्तिन पुगेको छ ।

    वडा नम्बर–२ सुकाठोकरको विजय जुलुसमा स्याङ्बाडाँडामा एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन् । वडाको कल्लेरी भन्ने स्थानबाट सुरु भएको बिजयजुलुस स्याङ्बाडाँडामा पुग्दा एमाले कार्यकर्ता अम्बर तामाङलगायत १०–१२ जनाको समूहले आक्रमण गरेको समाजवादीले आरोप लगाएको छ ।

    बिजय जुलुसमा बाजा किन बजाएको भन्दै उनीहरुले आक्रमण गरेका वडाअध्यक्ष भण्डारीको भनाइ छ । उनले भने, ‘हाम्रो बिजय जुलुस कल्लेरीबाट सुरु भएर कालिका स्कुलमा पुगेर समापन हुने कार्यक्रम थियो । जुलुस स्याङ्बाडाँडा आइपुग्दा अचानक १०–१२ जना पराजित मानसिकता भएको समूह एक्कासी आएर बाजा नबजाउन भन्यो, हामीले हुन्छ भनेर बाजा नबजाई २०-२५ मिटर पर पुग्यौ । तर उनीहरुले छानीछानी आक्रमण गर्न थाले । हामीले प्रतिकार गरेनौ किनकि हाम्रो बिजय जुलुस थियो । हामी जनताबाट निर्वाचित हौँ । हामी जनताको मतको कदर गर्छौ ।’

    उनका अनुसार एमालेको उदण्ड समूहको आक्रमणबाट रामेश्वर थापा, रामहरि खड्का, विष्णु बस्नेत, शिव कार्की, युवराज कार्की, कृष्ण कार्की लगायत करिब १ दर्जन कार्यकर्ता घाइते भएका छन् । कुटपिटबाट २ जना गम्भीर घाइते भएका छन् । सुकाठोकरमा वडाध्यक्ष भण्डारी ३५० मत ल्याएर बिजयी भएका थिए ।

    मेलुङ–२ मा एकीकृत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गरेको थियो भने एमाले एक्लै चुनावी मैदानमा थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार