Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवामा २६ वडाको मतगणना सकियो: कांग्रेस र एमाले १२/१२ मा विजयी, दुई वडामा माओवादी केन्द्र


    सोमबार, जेष्ठ २ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा । पाँच वटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् । जसमध्ये २६ वटा वडाको मतगणना सकिएको छ ।

    उत्तरगया गाउँपालिकाको ५ वटा वडा, कालिका गाउँपालिकाको ५ वडा, गोसाईंकुण्ड गाउँपालिकाको ६ वडा, आमाछोदिङ्मो गाउँपालिकाको ५ वडा र नौकुण्ड गाउँपालिकाको ५ वडाको मतगणनाको नतिजा आइसकेको छ ।

    जसमा एमालेले १२, कांग्रेसले १२ र माओवादीले दुई वडाध्यक्ष पद जितेको छ । नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाईंकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

    यस्तै नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, ५ नौकुण्डको १, ४ र ५, गोसाईंकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । 

    नेकपा माओवादी केन्द्रले हालसम्म कालिका १ र उत्तरगया ५ मा जित हासिल गरेको छ । अब नौकुण्ड गाउँपालिका वडा नम्बर ६ को मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार