Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो


    सोमबार, जेष्ठ २ २०७९
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा (एकीकृत समाजवादी)ले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी उमेदवारको विजय भएको हो ।

    वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानिया पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरुको विवरणमा कोहि पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।

    बानियाले ७९६ मत प्राप्त गर्दा आचार्यले ७६१ मत प्राप्त गरे । एमाले विभाजनपछि बानिया समाजवादीतिर लागेकी थिइन् । माडीका ९ वडामध्ये अहिलेसम्म पाँच वडाको मतपत्र गनेर सकिएको छ । अब ३, ४, ५, ८ को मतपत्र गन्न बाँकी छ ।

    माडीको मेयरमा भने एमालेकी ताराकुमारी काजी महतोले निरन्तर अग्रता लिइरहेकी छन् । एमालेकी महतोलाई गठबन्धनतर्फका मेयरका उमेदवार माओवादी केन्द्रका ऋषी काफ्ले पछ्याइरहेका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार