Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी


    सोमबार, जेष्ठ २ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डडेलधुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

    अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भइन् ।

    अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए । उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए । यी दुईबीचको मतान्तर १७२ रहेको छ ।

    यस्तै, नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए । उपाध्यक्षमा कांग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन् । यी दुईबीचको मतान्तर २५६ रहेको छ । 

    २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। यहाँ बिपी कांग्रेस र एमालेको गठबन्धन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार