Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ९ हजार ५३८ मत गणना हुँदा वीरगञ्ज महानगरमा राजेशमानलाई २५९८ मतकाे अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् ।

    ९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन् । राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन् ।

    त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार