Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर


    सोमबार, जेष्ठ २ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो ।

    भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सोमबार नै लुम्बिनीमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार