Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी


    सोमबार, जेष्ठ २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गौतमलाई पराजित गर्दै एमालेका टेकराज न्याैपानेले जित हात पारेका हुन् ।

    अध्यक्षमा निर्वाचित न्यौपानेले सात हजार सात सय ४९ मत ल्याए भने उपाापध्यक्ष पदका उम्मेदवार नर्मदा पौडेलले सात हजार ६ सय ६१ मत ल्याएकी छिन् ।  

    पाणिनी गाउँपालिकालाई नेपाली कांग्रेसले आफ्नो आधार क्षेत्र बताउने गरेको थियो । ०७४ सालमा भएको एकल प्रतिस्पर्धामा जित निकालेको नेपाली कांग्रेसले यो पटक भने माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीलगायतका दलको साथ पाएर पनि पराजित भएको हो । यो पालिकामा चार वडा कांग्रेस र चार वडा नेकपा एमालेले जित निकालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार