दमक । दमक नगरपालिका-२ मा एमाले विजयी भएको छ । एमालेका प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार दुई सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुद्र कार्कीले एक हजार तीन सय ९० मत पाए ।
यो वडामा महिला सदस्यबाहेक सबै एमालेले जितेको छ । यसअघि दमक-१ मा एमाले र दमक-१० मा कांग्रेसले जित निकालेको छ ।
यद्यपि, प्रमुख र उपप्रमुखमा भने गठबन्धन अगाडि छ । प्रमुखमा गठबन्धनको तर्फबाट राप्रपाका राम थापाले पाँच हजार ९१ मत ल्याएका छन् ।
एमालेकी गीताकुमारी अधिकारीले चार हजार चार सय ९५ मतका साथ थापालाई पछ्याइरहेकी छिन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले चार हजार नौ सय ४३ मत पाएकी छिन् ।
एमालेकी अम्बिका खनालले चार हजार तीन सय ४४ मतका साथ पछ्याइरहेकी छिन् ।
दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले एमालेको यो प्रतिस्पर्धा प्रतिष्ठाको प्रतिस्पर्धा हो । प्रजातन्त्र पुनर्स्थापना भएपछि यसअघिका सबै स्थानीय निर्वाचनमा यहाँ एमालेले जित्दै आएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend