Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढी उपमहानगरमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल


    सोमबार, जेष्ठ २ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिमको एक मात्र  उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन् ।

    धनगढी  उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा ८ हजार ७०० मत गणना हुँदा स्वतन्त्र  उम्मेदवार  हमाल ३८२९ मत ल्याउँदै  अग्र स्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले २०८५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार  चन्दले  ९३८ मत मात्रै  पाएका  छन् ।

     सुरुदेखि नेतृत्व गर्दै  आएका हमालले ८ हजार ७०० मत गणना हुँदासम्म दलका उम्मेदवारभन्दा १७३८ मत बढी  ल्याएर आफूलाई बलियो बनाउँदै लगेका छन्  । 

    अहिलेसम्म धनगढीका वडामध्ये १९ नम्बरमा मात्रै हमाल दलका उम्मेदवारभन्दा पछाडि  परेका छन्। १९  नम्बर वडामा हमालभन्दा ३ मतले एमालेका रणबहादु चन्द अगाडि छन् । अन्य वडामा भने हमालकै अग्रता  छ ।

    धनगढी–१ मा मतगणना सकिएको छ भने अन्य  वडामा जारी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार