Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा एमालेका विजय सुवेदीले बनाए ३३ मतको अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।

    ११ हजार ७ मत गनिसक्दा सुवेदीलाई ३३ मतको अग्रता रहेकाे छ ।

    सुवेदीले ३ हजार ८३८ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८०५ मत पाएकी छन् ।

    प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ३५२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २ हजार ९९८ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार