Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटहरी उपमहानगरको प्रमुखमा  गठबन्धनको अग्रता हुँदा उपप्रमुखमा भने एमाले अगाडि 


    सोमबार, जेष्ठ २ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मतगणना जारी छ । 

    पछिल्लो नतिजा अनुसार उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलले अग्रता लिँदा उपप्रमुखमा भने एमाले अगाडि बढेको छ ।
     
    प्रमुख पदमा गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार हेमकर्ण पौडेलले चार हजार १६८ मत प्राप्त गरेका छन् । यता, एमालेका उमेदवार याम कुमार चुङ्गवाङ सुब्बाले भने तीन हजार १५३ मत प्राप्त गरेका छन् । राप्रपाका आकाश हाङ्ग लिम्बूले ४१७ मत प्राप्त गरेका छन् । 

    उपप्रमुखमा गठबन्धन उमेदवार पछाडि परेका छन् । एमाले उमेदवार संगीता कुमारी चौधरीले ३ हजार ४८९ मत प्राप्त गर्दा गठबन्धन उमेदवार नेकपा (एस) का उमेदवार केशवकुमार विष्टले २ हजार ५९७ मत प्राप्त गरेका छन् । 

    राप्रपा उमेदवार वविता कुमारी चौधरीले ५३० मत प्राप्त गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार