Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन परिणामले राप्रपा उत्साहितः प्रवक्ता श्रेष्ठ


    सोमबार, जेष्ठ २ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राजसंस्था र हिन्दु धर्मको पक्षमा उभिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनमा प्राप्त हुँदै आएको मत परिणामको आधारमा पार्टीको पक्षमा जनमत बढेको दाबी गरेको छ । 

    २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा जित हात पर्नेमा पनि राप्रपा विश्वस्त देखिएको छ ।

    ‘दुई ठूला महागठबन्धनविरुद्ध राप्रपा एक्लै लडेको छ । तर, धेरै वडामा टिमको जित भइसक्यो । पालिकामा पनि पहिलेभन्दा बढी जित हुने संकेत प्रारम्भिक मत परिणामले देखाइसक्यो । समग्रमा हाम्रो पार्टीको जनमत बढेको देखियो’, पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । 

    राप्रपा झापाको दमक नगरपालिका र भरतपुर महानगरपालिकाबाहेकका स्थानीय तहमा एक्लै निर्वाचन लडेको छ ।

    एक्लै लडेकोमध्ये केही स्थानीय तहमा राप्रपाको अग्रता छ । केहीमा भने प्रतिस्पर्धी दल बनेको छ । प्रवक्ता श्रेष्ठले प्रारम्भिक परिणाले राप्रपा उत्साहित भएको प्रतिक्रिया दिए । 

    उनी भन्छन्, ‘महाधिवेशन सकेर हामी जनता माझमा पुगेको पाँच महिना त भयो । निर्वाचनको छोटो तयारी भयो हाम्रो । यो पाँच महिनामा एमाले, कांग्रेस, माओवादीजस्ता स्थापित राजनीतिक दलहरूलाई टक्कर दिने अवस्थामा आइपुग्‍नु भनेको चानचुने सफलता होइन ।’

    उनले राप्रपालाई कमजोर पार्ने र जसरी पनि निर्वाचन जित्नेगरी कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा राप्रपा नेपाल र परिवार दलसहितको गठबन्धन बनेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार