Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमन्त्री गोकुल बास्कोटाको वडा मण्डनदेउपुर-४ मा एमालेको प्यानलै विजयी


    सोमबार, जेष्ठ २ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काभ्रे । पूर्वमन्त्री एवं सांसद गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी भएको छ। काभ्रेको मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएको हो ।

    उनी ६ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४ सय ६८ मत पाए ।  कांग्रेसका उम्मेदवारले २ सय ७५ मात्र मत पाएका छन् ।

    मेयरका उम्मेदवारसमेत रहेका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवाको गृह वडा पनि हो, यो ।

    तर, उनले यो वडाबाट ५ सय ७३ मत मात्र पाउँदा एमालेबाट मेयरका उम्मेदवार विदुर सापकोटाले ७ सय १७ मत पाएका छन् । नगरपालिकामा मतगणना जारी छ ।

    हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेको छ। वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। अहिले वडा नम्बर ५ र ६ को मतगणना जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार