Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडा उपमहानगरपालिकामा बलियो प्रतिस्पर्धा‚ गठबन्धनकी मीना लामा एक मतले अगाडि


    सोमबार, जेष्ठ २ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मेयरको तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ।

    नेकपा (एमाले) का अनन्त पौडेल र गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीना लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह उम्मेदवार छन्।

    यसअघि अग्रस्थानमा रहेका राप्रपाका सिंह दोस्रोमा झरेका छन्। एकीकृत समाजवादीकी लामा पहिलोमा उक्लिएकी छिन्। पौडेल अहिले ४०२ मत अन्तरले तेस्रोमा झरेका छन्। 

    ११ हजार ६७३ मतगणना हुँदा लामाले ३ हजार ४५६ मत र सिंहले ३ हजार ४५५ र पौडेलले ३ हजार ५५ मत प्राप्त गरेका छन् । 

    उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत पाएका छन्। एमालेकी सुमित्रा काफ्लेले ३ हजार ९५६ मत पाएकी छिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार