ताप्लेजुङ । ताप्लेजुङका दुईवटा गाउँपालिकाकाे नतिजा सार्वजनिक भएकाे छ । फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएकाे हाे ।
फक्ताङलुङ गाउँपालिका : अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू ‘मुक्ति’ विजयी भएका छन् । बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन् ।
उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन् । पराजित सरोजले २ हजार ३१२ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ ।
उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन् ।
ऐसेलुखर्क गाउँपालिका : ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend