Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरमा आचार्य ३५७ मतले अगाडि, पछ्याउँदै थापा


    सोमबार, जेष्ठ २ २०७९
    3.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । उनले एमालेका मेयरका उम्मेदवार कृष्ण थापालाई ३५७ बढी मत प्राप्त गरी मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

    पोखरा महानगरपालिकामा अहिलेसम्म ८६९३ मतगणना भएकोमा आचार्यले ३४६५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका कृष्ण थापाले ३१)०८ मत प्राप्त गरेका छन् ।

    राप्रपाका शंकर खनालले ४६२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र गणेश पौडेलले २१२ मत पाएका छन् । 

    उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले २५ मतले अग्रता लिएकी छन् । रानभाटले ३६ सय मत पाएकी छन् भने एमालेकी मन्जु गुरुङले ३५७५ मत पाएकी छन् । राप्रपाकी रन्जना सेनले ४३२ मत प्राप्त गरेकी छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार