बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले दोब्बर बढी मतले अग्रता लिएको छ ।
निर्वाचन कार्यालयका अनुसार कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत पाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत पाएका छन ।
उपमेयर पदमा जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ७४५ मतसहित अग्रता कायम राखेका छन् भने एमालेकी शान्ति ढकालले १ हजार १९० र राप्रपाकी विन्दु चर्तिमगरले १ हजार ७७५ मत पाएकी छन् ।