Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन रोकिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित, पार्टीका केन्द्रीय सदस्य शाहमाथि आक्रमण


    आइतबार, जेष्ठ १ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अछाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व संचार राज्यमन्त्री गोविन्दबहादुर शाह आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

    स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिकाको बाव्लामा हुलहुज्जत भएपछि निर्वाचन आयोगले उक्त स्थानको निर्वाचन रद्द गर्ने निर्णय गरेको थियो । पुनः निर्वाचन गर्ने निर्णय गरिएपछि आक्रोशित काँग्रेस कार्यकर्ताहरूले केन्द्रीय सदस्य शाहले निर्वाचन आयोगलाई प्रभावित गर्न नसकेको भन्दै साँफेबगरस्थित काग्रेस पार्टी कार्यालयभित्र थुनेर कुटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

     बाव्लामा नेपाली कांग्रेस र नेकपा समाजवादीका कार्यकर्ताहरूले बुथ कब्जा गरेर जथाभावी हातहतियार प्रयोग गरेको आरोप छ । बाब्ला मतदान केन्द्रमा भएको निर्वाचन सदर गर्न नसक्नेलाई नेता मान्न सकिन्न भन्दै भीमबहादुर कुँवरको नेतृत्वमा गएका कांग्रेस कार्यकर्ताहरूले कुट्न थालेपछि शाह मुस्किलले ज्यान जोगाएर पार्टी कार्यालयबाट भागेका थिए । 
    आक्रोशित कांग्रेस कार्यकर्ताले साँफेबगरको क्षेत्रीय पार्टी कार्यालयभित्र रहेका कुर्सी टेवल समेत तोडफोड गरेका छन् । शाहविरुद्धमा नाराबाजी गर्दै कार्यालयमा तोडफोड गरेका छन् । जिल्लामा केन्द्रीय सदस्य हँुदाहँुदै पनि मतगणनाका लागि कुनै पहल गर्न नसकेको भन्दै कार्यकर्ता आक्रोसित भएका नेपाली कांग्रेसका कार्यकर्ताले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार