Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार मत गन्दा पोखरा महानगरमा गठबन्धनको अग्रता कायम


    आइतबार, जेष्ठ १ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।

    ३ हजार मत गन्दा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार धनराज आचार्यले एक हजार १२१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले एक हजार ४० मत ल्याएका छन् ।

    उपमेयरमा पनि गठबन्धनकी उम्मेदवार कोपिला रानाभाटले एक हजार २४६ मत ल्याएर अग्रता कायम गरेकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी मञ्जुदेवी गुरुङले एक हजार १२१ मत ल्याएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार