Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडाको उपमहानगरकाे मेयरमा मीना लामाकाे झिनो अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरकी उम्मेदवार मीना लामाले २ मतले अग्रता लिएकी छन् ।

    ६ हजार ६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २ हजार १३० मत ल्याएकी छन् भने एमालेका अनन्त पौडेल २ हजार १२८ मतका साथ उनलाई पछ्याइरहेका छन् । यस्तै राप्रपाका दीपक सिंहले २ हजार १ मत ल्याएका छन् ।

    यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका राजेश बानियाँको मतान्तर धेरै देखिन्छ । बानियाँले ३ हजार १६५ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २ हजार ३२३ मत ल्याएकी छन् । यस्तै राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले ७०५ मत ल्याएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार