Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङमा नेकपा समाजवादीका दुई वडाध्यक्ष निर्वाचित


    आइतबार, जेष्ठ १ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

    केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । 

    खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

    बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार