Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खड्ग ओलीको नगरपालिकामा राप्रपाका राम थापाको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमक । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीको गृहनगर दमक नगरपालिकामा एमालेका उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपाका राम थापाले अग्रता लिएका छन् ।

    मतगणनाको सुरुवातदेखि अग्रता हासिल गरेकी एमालेकी अधिकारीलाई थापाले पहिलो पटक उछिनेका छन् ।

    दमकमा अहिलेसम्म ४५४१ मतगणना भएको छ । राप्रपाका मेयरका उम्मेदवार थापाले १९६८ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन् ।

    उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार