Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित 


    आइतबार, जेष्ठ १ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । 

     खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् । यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार