Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनकी मेयर उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । 

    आइतबार बिहान ८ बजेसम्म ५ हजार २ सय ६७ मतको गणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार लामाले अग्रता लिएकी हुन् ।

    लामाले १ हजार ५ सय ८९ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ५ सय ५० मत ल्याएका छन् । लामा र पौडेलको मतान्तर ३९ मत रहेको छ । मेयरमा राप्रपाका दीपकबहादुर सिंहले १ हजार ४१४ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा कांग्रेसका राजेश बानियाँले २ हजार २ सय ६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार ८९१ मत ल्याएकी छन् । उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ३९० मत ल्याएकी छन् । हाल हेटौंडा उपमहानगरपालिकाका वडाहरू १, २, १८ र १९ को मतगणना भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार