काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको पाँच खेलको टी-ट्वान्टी शृंखलामा दर्शकले निशुल्क हेर्नरप्रवेश गर्ने पाउने भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने शृंखलामा दर्शकले निशुल्क प्रवेश पाउने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ।
नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न लागेको हो । यसैकारण दर्शकहरुलाई प्रोत्साहन गर्न प्रवेश निस्शुल्क गरिएको क्यानले जनाएको छ ।
शृंखलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ । नेपालले २ जेठमा शृंखलाअन्तर्गतको पहिलो खेल खेल्नेछ । यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौ खेल खेल्नेछ ।