Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, पछ्याउँदै गठबन्धन


    आइतबार, जेष्ठ १ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

    आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन् 

    एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार