Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरपालिकाको मतगणना हुँदै (तस्बिरसहित)


    शनिबार, बैशाख ३१ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहसमेत उम्मेदवार रहेको काठमाडौंको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र छ । शुक्रबार सम्पन्न मतगणनापछि आवश्यक प्रक्रिया सुरु गरेर राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु गरिएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गरिएको हो ।  

    यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।ktm_mahanagar__1_9fWHoDfZ7g.jpgktm_mahanagar__4_kkdpVwXHkA.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार