Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना 


    शनिबार, बैशाख ३१ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो । 

    अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । 

    महानगरको वडा नम्बर १ र ३२ बाट सबैभन्दा पहिला मतगणना सुरु हुनेछ । यसअघि स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । जसले गर्दा मतगणनाको कार्य ढिलाई भएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार