Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति गरेको थियो । 

    मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ । मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ ।

    शुक्रबार सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार