काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई मतदान केन्द्र भित्र फोटो खिच्न दिने मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीसँग स्पष्टीकरण सोधेको छ ।
भट्टराईले मतसंकेत गरेको मतपत्रको फोटो खिची सामाजिक सञ्जालमा राखेपछि आयोगले मतदान केन्द्रमा फोटो खिच्ने दिने मतदान अधिकृतसँग चौबिस घण्टे स्पष्टीकरण सोधेको हो ।
शुक्रबार भएको मतदान भट्टराईले गोरखाको पालुङटार नगपालिका खोप्लाङ (क )अन्नपूर्ण मावि केन्द्रमा मत खसालेका थिए । उक्त केन्द्रमा मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेती रहेका थिए ।
रुपाखेतीलाई डा। भट्टराईले मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको विषयमा आयोगले ‘के कसो भएको हो ? उहाँले के कसरी गोप्य मतसंकेत गर्ने स्थानमा क्यामेरा वा मोबाइल लग्नुभयो ? निज डा. बाबुराम भट्टराईले फोटो लिने सामाग्री साथ लग्दा के कति कारणले सम्बन्धति मतदान अधिकृतले फोटो लिने सामाग्री लानबाट निजलाई रोक्नु भएन ?’ भनी स्पष्टीकरण सोधेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend