Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले


    शनिबार, बैशाख ३१ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ  । मनाङको चामे गाउँपालिका एमाले विजयी भएको छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत मात्र पाए ।

    उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा ३ सय २५ मतसहित निर्वाचित भएकी छन् ।  एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत मात्र पाइन् ।

    घले यसअघि पनि अध्यक्ष थिए । चामेमा २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले उपाध्यक्ष जितेको थियो । 

    यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।
    वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाए ।

    वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याए ।

    वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएका थिए । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित भएका छ्न् ।

    चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकामा ६ सय १० मत मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार