Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले प्रचण्ड मर्माहत


    शुक्रबार, बैशाख ३० २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताएका छन् । 

    ‘स्याङ्जाको वालिङ–१४ अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु,’ प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  

    उक्त दुःखद् घटनामा दिवङ्गत भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार