Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोट हालेपछि प्रकाशमान सिंहले भने- आउने पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ


    शुक्रबार, बैशाख ३० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् ।

    उनीसँगै उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् । 

    मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए । 

    परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट पारे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार