Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो रहनेछ आजको मौसमः कहाँ-कहाँ हुनसक्छ वर्षा ?


    शुक्रबार, बैशाख ३० २०७९
    420
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
    बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार