Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाको ‘सफा हिमाल अभियान’ टोलीद्वारा सगरमाथा र ल्होत्सेको सफलतापूर्वक आरोहण


    बिहिबार, बैशाख २९ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गतको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका छन् । 

    नेपाली सेनाका सह सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आज विहान ७ः५२ मिनेट जाँदा सफल आरोहण गरेका हुन् । 

    सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आज विहान ६ः०४ बजे ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको नेपाली सेनाले जनाएको छ । 

    नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई अभियानमा अहिले जुटेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार