Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँचथरका जिसस प्रमुखविरुद्ध कांग्रेस कार्यकर्ता कुटाएको आरोप


    बिहिबार, बैशाख २९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ । 

    २३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको सापकोटालाई आरोप लागेको हो ।

    सापकोटाको घर सोही गाउँपालिकामा पर्छ । मौन अवधि छँदै गएराति सोही गाउँपालिकाको वडा नम्बर १, २ र ३ का एमालेका कार्यकर्ताहरू ल्याएर कांग्रेस कार्यकर्ताहरूलाई कुटपिट गराएको उनीमाथि आरोप लागेको हो । 

    उनलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न लगाएको पनि आरोप लागेको छ । तर, सापकोटाले भने दुवै आरोप अस्वीकार गरेका छन् । उक्त गाउँपालिकामा एमाले तुलनात्मक रूपमा अन्य दलभन्दा बलियो छ । 

    २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ गरेको थियो । तर, २०७६ को मंसिर १४ गते भएको उपनिर्वाचनमा भने उक्त गाउँपालिकाको वडा नम्बर–७ मा कांग्रेसले जितेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार