Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखामा कांग्रेसका कार्यकर्ताद्धारा माओवादी कार्यकर्ता कुटिए


    बिहिबार, बैशाख २९ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा (माओवादी केन्द्र) का कार्यकर्तामाथि कुटपिट भएको छ । अजिरकोट गाउँपालिका(१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो ।

    उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ ।

     कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेको दाबी माओवादीले गरेको छ ।

    माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार