Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन चलाउन नपाउने


    बिहिबार, बैशाख २९ २०७९
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन अनुमति नलिएका सवारी साधन नचलाउन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभए सम्म अत्यावश्यक र सवारी अनुमति पास लिएका बाहेक अन्य सवारी साधन नचलाउन आग्रह गरेको हो ।

    स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ ९मादक पदार्थ निषेध गर्ने० मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि बैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएस म्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधित समयमा कानुनले प्रतिबन्ध लगाएका कार्य गरे÷गराइएको पाइएमा कानून बमोजिम कारबाही गर्ने बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार