Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ दुई दिनको मौसम पूर्वानुमान,चक्रवातसँगै वर्षाको सम्भावना


    बिहिबार, बैशाख २९ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै  ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

     शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

    राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार