Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मतदातालाई धम्क्याएको भन्दै प्रचण्डलाई निर्वाचन आयोगले  सोध्यो २४ घण्टे स्पष्टीकरण


    बुधबार, बैशाख २८ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

    केही दिन अघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो । 

     प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ ।  आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।

    ‘माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो ?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार