Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुलसीपुर-१७ वडाध्यक्षमा आज मनोनयन, ३ जेठमा मतदान


    बुधबार, बैशाख २८ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ ।

    एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

    बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

    तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा  मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ । तर, तुलसीपुर(१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार