Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए


    मंगलबार, बैशाख २७ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनकाे लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् । 

    प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

    शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार