Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड


    मंगलबार, बैशाख २७ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएकाे छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारकाे गाडी तोडफोड भएकाे हाे ।

    कांग्रेसका कार्यकतार्ताले गाडी ताेडफाेड गरेकाे उनले जिकिर गरे ।

    उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’

    खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’

    निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए । 

     उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको उनले बताए ।

    कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार