Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अस्ट्रेलियन दूतावासको अपिल अत्यावश्यकको लागि मात्र दूतावास आउनु


    बुधबार, चैत्र ५ २०७६
    630
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ चैत । भोली अर्थात् मार्च १९ तारिखबाट  अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यकबाहेकका सेवाका लागि दूतावास नआउन अपिल गरेको छ । कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले एक विज्ञप्ति जारी गर्दै उक्त अपिल गरेको हो ।  विज्ञप्तिमा उल्लेख भएअनु्सार दूतावासले यदि आउनै परेमा समूहमा नभई  एक्लै उपस्थित हुनको लागि आग्रह गरेको छ । 

    कोरोना संक्रमणबाट जनतालाई बचाउनको लागि दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन आदेश दिएको छ ।

    अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन् । तर, त्यसका लागि सर्त लागू हुनेछ ।

    क्यानबेरास्थित नेपाली राजदूतावासका अनुसार, अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले त्यसबारे टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ । यसरी जानकारी गराएका व्यक्तिले आफूमात्रै आएर बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्नेछन् ।

    ‘राजदूतावास आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म आउने,’ कन्सुलर सेवासम्बन्धमा दूतावासद्वारा जारी सूचनाको तेस्रो बुँदामा भनिएको छ ।

    अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न पनि त्यहाँस्थित दूतावासले नेपालीलाई आग्रह गरेको छ ।

    विश्वव्यापी रूप लिएको कोरोना भाइरस अस्ट्रेलियाका लागि पनि टाउको दुखाइको विषय बनेको छ । वर्ल्डओमिटर्सका अनुसार, कोरोना संक्रमणबाट हालसम्म यहाँका ५ जना मानिसको ज्यान गइसकेको छ भने ४ सय ५२ संक्रमित छन् ।

    अस्ट्रेलियामा रहेका १ नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । ती नेपालीको हाल उपचार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएपछि अध्ययन, रोजगारीलगायतमा आबद्ध नेपालीमा त्रास छाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार