Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखामा कांग्रेसका कार्यकर्ताद्वारा एमालेका कार्यकर्तामाथि आक्रमण, चार जना घाइते


    मंगलबार, बैशाख २७ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

    सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।

    आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भिर घाइते भएका छन् ।

    ‘दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेत आइपुग्दा । त्यहाँ पसल थियो, खाजा खान लाग्दा कांङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।

    कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भश्रर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु साथीहरुका पनि टाउकोमा, शरीरमा घाउहरु धेरै नै छ’, विक्रम गुरुङले भने ।

    आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् । 

    कांङ्ग्रेसबाट वडाध्यक्षको उमेदवार गजे घले (सूर्य) को नेतृत्वको टोलीले आक्रमण गरेको दाबी गरिएको  छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार