Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मान्छेलाई आक्रमण गरेपछि स्थानीयले मारे चितुवा


    सोमबार, बैशाख २६ २०७९
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन्।

    आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि आक्रमण गरेको स्थानीय रेशम गोतामेले बताए।

    घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण भएको थियो।

    मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयले दाउराले टाउकामा हानेर मारेका हुन्।

    चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोकका ४३ वर्षीय गोतामे घाइते छन्। गोतामेको कान, टाउको र हातमा चोट लागेको छ।

    उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ।

    मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ।

    वन अधिकृत थापाका अनुसार पोथी चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार